केपी ओली नेतृत्वको समुह सच्चिए एमालेसँग एकता सम्भव छ : मन्त्री सोडारी

केपी ओली नेतृत्वको समुह सच्चिए एमालेसँग एकता सम्भव छ : मन्त्री सोडारी

धनगढी । केपी शर्मा ओली नेतृत्वको समुह सच्चियो भने नेकपा एमाले सँग एकताको सम्भावना हुने दिर्घ सोडारीले बताएका छन । सोमबार धनगढीमा पत्रकारलाई प्रतिक्रिया दिँदै भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका सोडारीले ओली नेतृत्वको समुह सच्चियो भने एकताको सम्भावना रहेको बताए ।

केपी ओलीले नेतृत्व गरेको समुह अराजक, सिद्धान्तनिष्ट र षडेन्त्रकारी भएका कारण आफूहरुले त्यसको विरुद्ध विद्राह गरेको उनको दावी छ । ''अहिले हामी अर्को पार्टी बनाएर अगाडी जान्छौं',उनले भने,'केपी ओली र उनको समुहका मान्छेहरु सच्चिएपछि एकताको सम्भावना छ ।''

एमाले सँग मात्रै एकता नभएर कम्युनिष्ट आन्दोलनको एकता गर्नु पर्छ उनले भने । ''नेकपा एमाले भन्ने पार्टी केपी ओलीले सकेर नेपाल कम्युनिष्ट पार्टी बनाई सक्नु भएको थियो',उनले भने,'अहिलेको एमाले अदालतले बनाई दिएको पार्टी हो ।'' एमाले पार्टी भन्दै भ्रम पार्न नहुने उनको भनाई छ ।

आजसम्म करिब ५० जना जतिले नेकपा एकिकृत समाजवादी रोजेको बताउँदै उनले भोली सम्म यो संख्या बढ्न सक्ने मन्त्री सोडारीले जानकारी दिए । साथै उनले अहिलेको सरकार यथावत रहने बताए ।

सरकारको नेतृत्व र मन्त्रीको विषयमा पछि छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबै भन्दा ठुलो दल नेकपा एकिकृत समाजवादी पार्टी बनेको छ ।