डोटीमा एमाले परित्याग गर्दै तीन जना जनप्रतिनिधिले गरे नेकपा (एस) मा सनाखत

डोटीमा एमाले परित्याग गर्दै तीन जना जनप्रतिनिधिले गरे नेकपा (एस) मा सनाखत

डोटी । डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटीसहित तीन जनाले नेकपा एकिकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन । जिल्ला निर्वाचन आयोगको कार्यालय पुगेर उनीहरुले नेकपा एमाले परित्याग गर्दै समाजवादी पार्टीमा सनाखत गरेका हुन ।

नेकपा एकिकृत समाजवादी रोज्नेमा पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी, दिपायल सिलगढी नगरपालिकाका उप–प्रमुख शिबराज खड्का र सायल गाउँपालिका ३ का वडा अध्यक्ष गोरख बहादुर सार्की रहेका छन ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न निर्वाचन आयोगको कार्यालयमा पुगेका जनप्रतिनिधिहरुलाई रोक्नका लागी एमालेका नेता कार्यकर्ताहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका थिए ।