बझाङमा युवा संघ नेपालको पुरै टिम एकिकृत समाजबादीमा

बझाङमा युवा संघ नेपालको पुरै टिम एकिकृत समाजबादीमा

बझाङ । युवा संघ बझाङले आज सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरेको छ । नेकपा एमाले पार्टीबाट अलग्एिर माधव कुमार नेपालले नेकपा एकिकृत समाजवादी दल दर्ता गरेपछी आज युवा संघ नेपालले पत्रकार सम्मेलन गरेको हो ।

कार्यक्रममा बोल्दै युवा संघ नेपालका जिल्ला अध्यक्ष झलक धामीले केपि ओलीको प्रवृतीलाई स्विकार गरेर एमालेमा रहन नसकिने बताउनु भएको छ । देशमा युवाहरुको नेतृत्वलाई समेत ओलीले अघाडी बढ्न नदिने खेल खेलेका कारण युवा संघ नेपाल कझाङ जिल्ला कमिटी माधव नेपालले नेतृत्व गरेको नेकपा एकिकृत समाजवादीमा लागेको उहाँले बताउनु भयो ।

देश र जनताका लागी काम गर्नका लागी भएपनी अव युवाहरुले ओलि प्रवृतीको विरोध गर्दै समाजवादी चिन्तनलाई अङ्गाल्नु पर्ने उहाँले बताउनु भयो । यस्तै पत्रकार सम्मेलनमा बोल्दै तत्कालिन नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष दिल बहादुर सिंहले नेकपा एमाले पार्टीलाई केही कुतत्वहरुले ध्वंशत पारेको बताउनु भएको छ ।

आफुहरु मदन भण्डारीको जवजको सिद्धान्तलाई आत्मसाथ गरी अघी बढीरहेको बेला देशमा अस्थिरता चाहाने गिरोहले एमाले पार्टी, देश र जनताको सपनामाथी खेलवाड गरेको बताउनुभयोे । केपि ओलीको कारणले नै नेकपा एमाले फुटेको बताउदै नेता सिंहले स्वइच्छाचारी ढङ्गले अघाडी बढ्न खोज्दा समाजवादी पार्टीको स्थापना गर्नु पर्ने दिन आएको बताउनु भयो ।

सनाखत गर्न पुगेकाहरूले पनि केही ब्यक्ति हरूले बाटो बाटै विभिन्न लोप र प्रलोभनमा पारि सनाखत गर्न बाट रोक्ने गरेको र यसले पछि गएर पछुताउनु बाहेक विकल्प नरहेको बताए । केही जनप्रतिनिधि हरूलाई ईन्कित गर्दै स्वतन्त्रताको कुरा गर्ने तर आफ्जो विबेक प्रयोग गर्न नसक्ने भएका कारण यस्ता ब्यक्ति हरूले समाज परिवर्तन गर्न नसक्ने समेत बताए ।