अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी

अमेरिकाको सकारात्मक जवाफ नआए एमसीसी पास नहुने प्रचण्डको दाबी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाले सकारात्मक जवाफ नदिए मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास नहुने दाबी गरेका छन् ।

मंगलबार वाईसीएल केन्द्रीय समितिको प्रथम पूर्णबैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारले एमसीसीबारे उठेका प्रश्नहरू समेटेर अमेरिकालाई कूटनीतिक नोट पठाएको र त्यसको सकारात्मक जवाफ नआए पारित नहुने दाबी गरेका हुन् ।

‘अमेरिकालाई कूटनीतिक नोट पठाएको र यसको सकारात्मक जवाफ नआए एमसीसी पास हुँदैन’, उनले भने । गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदका दुवै सदनको बैठक बोलाउन राष्ट्रपति समक्ष आह्वानगरेसँगै एमसीसी संसदबाट पारित गर्ने सम्भावना बढेको भन्दै चौतर्फी विरोध भएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले भोलिका लागि संसद बैठक आह्वान गरेकी छिन् ।