बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार गर्ने तयारी

बागमती प्रदेशको मन्त्रिपरिषद् आज विस्तार गर्ने तयारी

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । अल्पमतमा परेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।

आजै दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले जानकारी दिए । उनका अनुसार ९ जना मध्ये पाँचजना मन्त्री र चार जना राज्यमन्त्रीलाई शपथ गराउन लागिएको हो ।

स्रोतका अनुसार मन्त्रीहरुको नाम पनि टुङ्गो लागिसकेको छ । मन्त्री बन्नेहरुमा विजय सुवेदी, प्रदीप कटुवाल, बद्री मैनाली, जीवन खड्का, जुनेली श्रेष्ठ, रचना खड्का, शान्तिप्रसाद पौडेल, अजयकान्ति शाक्य र सरस्वती रहेका छन् ।

आज ९ जना मन्त्री थपिएपछि बागमती प्रदेशको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित ११ सदस्यीय हुनेछ । केही सांसदहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै बागमती सरकार अल्पमतमा छ । बागमतीमा एमालेका ५६ सांसदमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् ।