सरकारकाे लक्ष्य अनुसार ३२ अर्ब राजस्व उठ्न वाकी

सरकारकाे लक्ष्य अनुसार  ३२ अर्ब राजस्व उठ्न वाकी

सरकारले लक्ष्यअनुसारको राजस्व उठाउनलाई आज र भोलिभित्र ३२ अर्ब राजस्व उठाउनुपर्ने भएको छ।

चालू आर्थिक वर्षको अन्तिम दुई दिन बाँकी हुँदा सरकारी खातामा ३२ अर्ब राजस्व अपुग देखिएको छ। बजेट विनियोजनको क्रममा स्रोत सुनिश्चित नभइ धेरै विनियोजन भएर स्रोत समस्यामा परेको अर्थ मन्त्रालयलाई संशोधित अनुमान अनुसार पनि राजस्व नउठ्ने देखिएको छ।

७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले शनिबारसम्म ६ खर्ब ९७ अर्ब रुपैयाँमात्र संकलन गरेको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार आइतबार र सोमबारभित्र सरकारले ३२ अर्ब १९ करोड रुपैयाँ उठाउनुपर्ने छ।

१२ खर्ब ७९ अर्ब रुपैयाँ खर्च गर्नेगरी ल्याइएको बजेटमा अर्थमन्त्रालयले अर्धवार्षिक समिक्षा गर्दै रु. १० खर्ब ८२ अर्ब खर्च हुने र राजस्वको लक्ष्य पूरा हुने बताएको थियो।

राजस्वको लक्ष्य अलि टाढा रहे पनि खर्चको भने नजिक पुगेको छ। शनिबारसम्मको तथ्यांकअनुसार सरकारले कूल विनियोजन बजेटको ८० प्रतिशत खर्च गरेको छ। सरकारले संशोधित अनुमान भने ८४ प्रतिशत रहेको छ। शनिबारसम्म रु.१० खर्ब २४ अर्ब खर्च भएकोमा अनुमानअनुसार आज र भोलिभित्र ५८ अर्ब खर्च गर्नुपर्ने छ।

स्थानीय तहमा गएको बजेट खर्च नभएर थन्किए पनि खर्चको सूचीमा रहेको खर्च प्रणालीमा पूँजीगत खर्च भने लक्ष्य नजिक पुगेको छ। सरकारको संशोधिन अनुमानको लक्ष्य नजिक पुगे पनि स्थानीय तहमा गएकोले तथ्यांक भरपर्दो नभएको स्वयम् अर्थमन्त्रालयका अधिकारीहरूको दाबी छ।

संशोधित अनुमान अनुसार यो वर्ष रु.२ खर्ब ३४ अर्ब पुँजीगत खर्च हुने छ। जुन शनिबारसम्म २ खर्ब ३४ अर्ब भुक्तानी भइसकेको छ। आज र भोलिभित्र ७ अर्ब खर्च हुनपर्ने छ। त्यस्तै, वित्तीय व्यवस्थातर्फको खर्च भने संशोधित अनुमानभन्दा बढी खर्च हुने भएको छ।

सरकारले चालू अवस्थामा खर्च गर्न मिल्ने स्रोतको भने कमी हुने देखिएको छ। महालेखाका अनुसार चालू वर्ष सरकारको स्रोत र खर्चको अनुपात ऋणात्मक हुने अवस्था आएको छ।

यो बीचमा खर्च र आयबीचको खाडल बढ्ने भएको हो। यो बीचमा सरकारले रु.६ खर्ब ९७ अर्ब राजस्व उठाएको छ भने रु.१ खर्ब ५२ अर्ब आन्तरिक ऋण लिएको छ। यो अवधिमा सरकारले २७ अर्ब अनुदान पाएको छ। त्यस्तै, ६४ वैदेशिक ऋण लिएको छ। यो हिसाबले सरकारी खाता रु.८४ अर्ब ऋणात्मक भएको छ। सेताे पाटीबाट साभार ।