एमाले सांसदको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एमाले सांसदको अवरोधले प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको नवौं अधिवेशनअन्तर्गत पहिलो बैठक १५ मिनटका लागि स्थगित भएको छ । एमाले सांसदहरू नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

एमाले फुटाउन सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै जवाफ मागेका एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् । एमालेको सांसदहरुको नाराबाजी भएपछि सभामुख सापकोटाले मर्यादा ननाघ्न चेतावनी दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटा बोल्दाबोल्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गरेका थिए । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले दुई दर्जनभन्दा बढी अध्यादेश पेस गर्ने तयारी गरेको थियो ।