एमसीसी खारेज गर्न माग गर्दै बुधबार पनि धनगढीमा प्रदर्शन

एमसीसी खारेज गर्न माग गर्दै बुधबार पनि धनगढीमा प्रदर्शन

धनगढी । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार पनि धनगढीमा प्रदर्शन भएको छ । एमसीसी खारेज अभियान, भेला आयोजक समिति सुदूरपश्चिमका युवाहरुको सञ्जालले उक्त अभियान सुरु गर्दै प्रदर्शन गरेका हुन ।

उनीहरुले धनगढीको मुख्य बजारमा एमसीसी खारेजको माग गर्दै  विरोध जुलुस निकालेका थिए । राष्ट्रिय स्वाधीनता, सार्वभौम सत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि राष्ट्रघाती एससीसी पूर्ण रुपमा खारेज गर्न उनीहरुको माग छ ।

यसअघि मंगलबार राष्ट्रिय जनमोर्चा नेपालले पनि धनगढीको मुख्य बजारमा विरोध जुलुस निकालेको थियो ।