वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपालीको कोरोनाको कारण मृत्यु

वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपालीको कोरोनाको कारण मृत्यु

कोरोना भाइरस संक्रमणका कारण वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका तीन नेपाली कामदारको मृत्यु भएको छ । 

मंगलबार एकै दिन कोरोना संक्रमणका कारण मलेसियामा तीन जना नेपालीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषा जनकपुर १२ जनकपुरधामका शत्रुधन साहू कलवार, अछामका छत्र वहादुर विष्ट र विनोद सिंह रहेका छन् ।