भिडियो इडिट गर्नुहुन्छ भने जानिराखौ उत्कृष्ट पाँच एप

भिडियो इडिट गर्नुहुन्छ भने जानिराखौ उत्कृष्ट पाँच एप

तपाईंले आफ्नो युट्युब च्यानल, फेसबुक तथा अन्य प्लाटर्फमका लागि भिडियो बनाउँदै हुनुहुन्छ भने तपाईंले भिडियो कसरी रेकर्ड गर्ने तथा कसरी इडिट गर्ने भन्‍ने जानकारी हुन जरुरी छ । फोनमा राम्रो हार्डवेयर स्पेसिफिकेसन तथा क्यामरा भएको स्मार्टफोन तपाईंसँग छ भने तपाईंले सजिलै भिडियो बनाउन सक्नुहुन्छ तपाईंलाई अन्य कुनै पनि उपकरणको आवश्यकता पर्दैन ।  तपाईंले प्लेस्टोर तथा याप स्टोरमा त्यस्ता थुप्रै एप्लिकेसनहरू भेट्टाउनुहुन्छ जसले तपाईंले खिचेको भिडियो सम्पादन गर्न सहयोग गर्दछन् । आफ्नो स्मार्टफोनमा भिडियो इडिट गर्नका लागि उपयोगी ५ वटा लोकप्रिय एप यस्ता छन् स्

साइबर लिङ्क एक्सनडिरेक्टर
साइबर लिङ्क एक्सनडिरेक्टर मोबाइलमा भिडियो इडिटको लागि अर्को उत्कष्ट भिडियो उत्कष्ट मोबाइल एप हो । यसमा भएको दर्जनौँ फिल्टरले गर्दा तपाईंको भिडियो झनै उत्कृष्ट बन्‍न सक्छ । सबै फिल्टर प्रयोगका लागि भने यसमा पनि निश्‍चित शुल्क तिर्नुपर्ने हुन्छ । एन्ड्रोइड तथा आइओएस दुवैमा सपोर्ट गर्छ ।


इनशट भिडियो इडिटर 
इनशट भिडियो इडिटर भिडियो इडिटिङ्‌का लागि अर्को एक उत्कृष्ट एप्लिकेशन हो । इनशट भिडियो इडिटरमा तपाईंले चाहे जस्ता फिल्टरहरू पाउन सक्नुहुनेछ । यसमा भएका उत्कृष्ट एडिटिङ् सिस्टमले गर्दा तपाईंलाई ल्यापटप वा कम्प्युटर भन्दा फरक अनुभूति दिनेछ । यो पनि दुवै एन्ड्रोइड तथा आइओएस प्लाटफर्ममा उपलब्ध छ ।

एडोबी रस
प्रिमियर प्रोको मोबाइलका लागि एक उत्कृष्ट भिडियो इडिटिङ्‌ एप हो एडोबी रस । यो एप्लिकेशन एन्ड‍ोइड तथा आइओएस दुवैमा उपलब्ध छ । यस एप्लिकेशन सुरुमा ३ पटक तपाईंले प्रयोग गरेपछि मासिक शुल्क तिर्नुपर्ने हुन्छ । यसको लाइबेरीमा एनिमेडेड टाइटल उत्कृष्ट फन्टहरू समेत रहेको छ ।

सिटी प्रो
सिटी प्रो भिडियो इडिटिङ्‌ एप एन्ड्रोइड तथा आइ‌ओएस् दुवै प्लाटफर्ममा उपलब्ध छ । यस तपाईं अन्य एप भन्दा चाँडै भिडियो तयार गर्न सक्नुहन्छ । यसको भिडियो विभिन्‍न फर्म्याटमा समेत बनाउन सकिन्छ । तपाईंको युट्युब च्यानल छ र चाँडो भिडियो बनाएर अपलोड गर्नका लागि यो एप उत्कृष्ट हुनसक्छ ।

काइन मास्टर
मोबाइलमा भिडियो इडिटको लागि सबैभन्दा लोकप्रियमध्येको एक भिडियो इडिटिङ्‌ एप हो काइनमास्टर एप, यदि तपाईं उत्कृष्ट तथा गहन रुपमा भिडियो निर्माण गर्न चाहनुहुन्छ भने यो एप तपाईंका लागि अत्यन्तै उपयोगी हुन्छ । यो एपको प्रारम्भिक भर्सन निशुल्क उपलब्ध हुन्छ । तर बिना वाटरमार्कको लागि भने तपाईंले निश्‍चित शुल्क तिर्नुपर्ने हुन्छ ।