धनगढीमा बिहीबार एकजना मृत अवस्थामा फेला

धनगढीमा बिहीबार एकजना मृत अवस्थामा फेला

धनगढी । धनगढीमा बिहीबार विहान एकजना मृत अवस्थामा फेला परेका छन । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगर बस्ने ३१ वर्षीय सन्तोष थापा घरबाट करिब ५० मिटर टाढा सडकको नालामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

घरबाट हिँडेका उनी फर्की नआएपछि खोजी गर्नेक्रममा उक्त नालीमा उनको शव फेला परेको हो।  घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।