बङ्गलादेशविरुद्ध नेपालको २-१ गोलको शानदार जीत

बङ्गलादेशविरुद्ध नेपालको २-१ गोलको शानदार जीत

बङ्गलादेशसँगको मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाली महिला टिम विजयी भएको छ । नेपालले बङ्गलादेशलाई दुई–एकको गोल अन्तरले हरायो ।नेपालका लागि डेब्यु गरेका सविता राना मगर र प्रीति राईले गोल गरे । सविताले खेलको १३ औँ र प्रीतिले २३ औँ मिनेटमा गोल गरिन् ।

पहिलो हाफमा नेपाल दुई–शून्यले अघि थियो । तर खेलको दोस्रो हाफमा बङ्गलादेशले एक गोल गर्‍यो । उसका लागि खेलको ८३ औँ मिनेटमा थोउरा खातुनले गोल गरिन् । 

एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण खेल आउँदो आइतवार हुनेछ ।