सम्बन्ध टुट्नुका मुख्य कारणहरु के-के छन हेरौ यी ४ कुराहरु

सम्बन्ध टुट्नुका मुख्य कारणहरु के-के छन हेरौ यी ४ कुराहरु

के तपाईको पार्टनर तपाईसँग खुलेर कुरा गर्दैनन् ? के उनको नजरले अब तपाईको खोजी गर्दैन ? के तपाईलाई यस्तो लाग्छ कि अब उनी तपाईलाई नजरअन्दाज गर्दैछन् वा तपाईसँग बच्न चाहन्छन् ? हुनसक्छ कि तपाईको पार्टनर यो रिलेसनबाट अब अघाइसेका छन् र अब उनी कुनै पनि हालतमा तपाईसँग रहन चाहदैनन् ।

यदि कोही तपाईसँग अलग हुने बिचार गर्दैछ भने उसको यो निचोडको असर उसको व्यवहारमा पनि देख्न सकिन्छ । यदि तपाईको पार्टनरको व्यवहार केही बदलिएको जस्तो लाग्दै छ अथवा तपाईलाई सबै कुरा सामान्यजस्तो लाग्दैन भने सम्झनुहोस् कि सबैथोक ठीक छैन ।

के उनको नजर तपाईमाथि पर्दैन ?

तपाईको जीवनमा पक्कै पनि त्यो समय थियो होला, जब पार्टनरको नजर निरन्तर तपाईमाथि पथ्र्यो । तर के अहिले त्यस्तो अवस्था बदलिसकिएको छ ? क्या अहिले उनी तपाईलाई प्रेमपूर्वक हेर्दैनन्/हेर्दैनिन् ? यदि अवस्था यस्तो हो भने तपाई सोच्नुहोस् कि अब तपाईको पार्टनरको मन बदलिसकिएको छ । तपाईको रिलेशन खतरामा छ ।

कुरा गर्नबाट बच्न खोज्नु

के तपाईका पार्टनर अब तपाईसँग कुरा गर्नबाट बच्न चाहन्छन् ? यसको सीधा मतलव यो हो कि अब उनमा तपाईप्रति कुनै आकर्षण छैन ।

हो–हैनमा मात्र जवाफ दिनु

के तपाईले सोधेको प्रश्न तथा तपाईका जिज्ञासामा तपाईको पार्टनरले हो र हैनमा मात्रै जवाफ दिन्छन् ? यदि त्यस्तो हो भने सम्झनुहोस् उनको मनमा तपाईको विषयमा गलत बिचार विकास भइसकेको छ ।

रेस्पोन्स नगर्नु

के तपाईले फोन गर्दा पनि तपाईको पार्टनरले त्यसको रेस्पोन्स गर्दैनन् ? या उनले तपाईलाई रेस्पोन्स गर्नु जरुरी सोच्दैनन ? यदि यस्तो हो भने सजग हुनुहोस्, यो राम्रो संकेत हैन ।