आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना छैनः मौसम पूर्वानुमान

आगामी तीन दिन ठूलो पानी पर्ने सम्भावना छैनः मौसम पूर्वानुमान

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । साथै  मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिभने देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । 

महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको जनाएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि गत ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् । मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् ठूलो र अतिठूलो वर्षा नहुने बताए  । ‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।