नेकपा एमालेले शुक्रबारको संसद् बैठकमा अवरोध गर्ने जनाएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराइले सभामुख अग्नी प्रसाद सापकोटाले चित्त बुझ्दो जबाफ नदिएको भन्दै सदन चल्न नदिने बताए।
उनले भने, ‘पूर्ववत् एजेण्डामा सहमति नभएकाले हामीले जबाफ प्राप्त नगर्दा सम्म सदन चल्न दिदैनौं, आज पनि सदन अवरुद्ध हुन्छ।’ नेकपा एमालले सभामुख सापकोटाले दल विभाजनमा भूमिका खेलेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै आएको छ।
यसअघि बुधबारको बैठकमा पनि एमालेले सदन अवरुद्ध गरेको थियो।