धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी कैलालीको प्रथम बैठक धनगढीमा सुरु भएको छ । नेकपा एमाले औपचारिक रुपमा फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको प्रथम बैठक धनगढीमा सुरु भएको हो ।
बैठकमा सुदूरपश्चिम प्रदेशका भौतिक पर्वाधार विकासमन्त्री दिर्घ सोडारी, पूर्वमन्त्री माया भट्ट लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । नेकपा एमाले फुटेपछि कैलालीमा नेकपा एकीकृत समाजवादी पार्टीको यो पहिले औपचारिक बैठक हो ।