भीमदत्त नगरपालिकाद्वारा पूर्ण निषेधाज्ञा अवधिको सटर भाडामा छुट

भीमदत्त नगरपालिकाद्वारा पूर्ण निषेधाज्ञा अवधिको सटर भाडामा छुट

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमण रोकथामका लागि गरिएको पूर्ण निषेधाज्ञा अवधिको भाडा छुट गर्ने निर्णय गरेको छ । नगरपालिकाको ६१ औँ कार्यपालिका बैठकले महेन्द्रनगर बजार क्षेत्रमा नगरपालिकाको नाममा रहेका सटरको भाडा छुट गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताउनुभयो । 

उहाँका अनुसार, नगरपालिकाले ४८ दिनको भाडा दर पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको छ । पूर्ण निषेधाज्ञा अवधिमा व्यवसाय नै पूर्ण रूपमा बन्द भएपछि कार्यपालिकाबाट सो अवधिको भाडा छुट गर्ने निर्णय गरिएको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले बताउनु भयो ।

हाल महेन्द्रनगर बजार क्षेत्रमा भीमदत्त नगरपालिकाले एक सय वटा सटर भाडामा दिएको छ । यसअघि पनि भीमदत्त नगरपालिकाले गत आर्थिक वर्षको व्यवसाय करमा ५ प्रतिशत छुट दिएको थियो ।