वडा नम्बर ८ को सभापतीमा जोशी निर्बिरोध निर्वाचित

वडा नम्बर ८ को सभापतीमा जोशी निर्बिरोध निर्वाचित

डडेल्धुरा । डडेल्धुरा जिल्ला पर्शुराम नगरपालिका ८ को वडा सभापतीमा दिनेश प्रशाद जोशी निर्बिरोध निर्वाचित भएका छ्न।  बिगत लामो समयदेखी नेपाली काङ्ग्रेसको सक्रिय राजनितीमा  लागेका नेपाल विद्यार्थी संघका नेता जोशी आसन्न १४ औं महाधिवेशनबाट वडा सभापति पदमा निर्बिरोध निर्वाचित  भएका हुन ।
वि.सं. २०६८ सालबाट विद्यार्थी राजनीतिबाट  सक्रिय राजनिती गरिरहेका जोशीले `नेपाली राजनितीमा युवा´ भन्ने मुल नाराका साथ परशुराम ८ को वडा सभापतिका लागी जोशीले उम्मेदवारी दिएका थिए।
आफू सभापति भएपछी वडा भित्र रहेका पार्टी र संगठनका कमि कमजोरीहरु सुधार्दै जाने र सबैसंग समान दृष्टिकोणले आफ्नो जिम्मेवारी पूरा गर्ने उम्मेदवार जोशीको संकल्प रहेको छ। उनले नेपाली काङ्ग्रेस वडा नम्बर ८ सभापतिमा निर्बिरोध निर्वाचित गर्न सहयोग गर्ने पार्टीका सम्पुर्ण सहयोगीहरुमा धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका छ्न। उनले भने;”अबका दिनमा पनि काङ्ग्रेसको सिद्धान्त मुल मर्मलाई आत्मसात गरि पार्टी र संगठनलाई गाउँ गाउँ  बाट बलियो बनाउने र सुदृढ गर्ने कार्य गर्ने छु। र पार्टीको यस   १४ औ महाधिवेशनमा मलाई सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हरुमा  हार्दिक आभार प्रकट गर्दछु ।”

नेपाल विद्यार्थी संघ कंचनपुरका का पूर्व सदस्य समेत रहेका जोशी नेपाली काङ्ग्रेस पार्टी प्रती कटिबद्ध रहेका व्यक्ती हुन । उनी एक कर्मठ र आँटिला युवा नेता हुन । उनको सामाजिक क्षेत्रमा समेत योगदान रहेको छ । उनी योग्य र सक्षम युवा नेताका रुपमा परिचित छन् । 

नेपाली काङ्ग्रेस पार्टीका लागि दिनरात काम गर्ने लगनशिल र क्रियाशिल युवा नेताको भूमिका निर्वाह गर्दै आइरहेका युवा नेता जोशी निर्बिरोध निर्वाचित भएका हुन ।