ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट, नेपालले तीन विकेट गुमायाे

ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट, नेपालले तीन विकेट गुमायाे

पपुवा न्युगिनीसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली पुरुष टोलीले अहिले ब्याटिङ गरिरहेको छ । अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको तेस्रो विकेटको रूपमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छ ।

६९ बलमा ४५ रन बनाएका ज्ञानेन्द्र अर्धशतकबाट पाँच रनले चुके । उनी चाद सोपरको बलमा एलबीडब्ल्यू आउट भए । अहिले क्रिजमा विनोद भण्डारी आएका छन् । यसअघि कुशल भुर्तेल र आसिफ शेख तीनतीन रनमा आउट भए ।

रोहित पौडेल ६१ बलमा ३३ रन बनाएर खेलिरहेका छन् । यसअघि पहिलाे खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियाे ।