ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता

ऊर्जामन्त्री भुसाल र एमसीसी प्रतिनिधिबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातेमा सुमार नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भेटवार्ता गरेको छ ।

सिंहदरबारमा भएको भेटमा उपाध्यक्ष सुमारले एमसीसी कार्यान्वयनका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत पूर्वाधार निर्माणका लागि एमसीसीबाट अनुदानस्वरुप सहयोग हुने उनले बताएकी थिइन ।

भेटमा उर्जामन्त्री भुसालले राजनीतिक सहमतिका आधारमा नै एमसीसीका बारेमा निर्णय हुने जवाफ दिएकी थिइन् । बिहीबार नेपाल आएको एमसीसीको टोलीले विभिन्न दलका शीर्ष नेताहरुसँगको भेटवार्तालाई निरन्तरता दिइरहेको छ ।