प्रधानमन्त्री देउवाको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

प्रधानमन्त्री देउवाको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा अमेरिकी सहयोग परियोजना (एमसीसी) विरुद्ध प्रदर्शन भएको छ ।

‘सामाजिक अभियान स्वरुप राष्ट्रिय स्वाभिानको रक्षा गरौं’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’, ‘राष्ट्रघाती एमसीसी नेपालको हितमा छैन’ जस्ता नाराहरू घन्काउँदै बोलन्या थली र अनेरास्ववियूको अगुवाइमा सदरमुकाममा विरोध प्रदर्शन गरिएको हो ।

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।