बाल कलाकार भट्टलाई सहयोग गर्ने मन्त्री जोशीको घोषणा

बाल कलाकार भट्टलाई सहयोग गर्ने मन्त्री जोशीको घोषणा

धनगढी | सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले नौगेडीकी सदस्य बाल कलाकार मनीषा भट्टलाई सहयोग गर्ने घोषणा गर्नु भएको छ ।

शुक्रवार समर्पण मिडिया धनगढी, नौगेडी अनलाइन तथा सृजनशील मञ्च, सुदूरपश्चिमको संयुक्त आयोजनामा बोलन्या थलिको मुख्यालय धनगढीमा सम्पन्न तीज विशेष कार्यक्रममा मन्त्री जोशीले बाल कलाकार भट्टलाई उनको पढाइमा सहयोग पुगोस् भन्ने उद्धेश्ले आफ्नो व्यक्तिगत तर्फबाट २ वर्ष सम्म आवश्यक पर्ने स्टेस्नरीका समानहरूको लागी सहयोग गर्ने घोषण गर्नुभएको हो।

त्यस्तै, मन्त्री जोशीले सुदूरपश्चिमको भाषा, कला र संस्कृति जगेर्नामा नौगेडी कार्यक्रमले अहम् भूमिका खेलेको बताउनु भयो । उहाँले सुदूरपश्चिमको भाषा, कला, लोकसंस्कृति नै प्रदेश चिनारीको मुख्य आधार भएकोले यसको प्रचारप्रसार एवं संरक्षण गर्नु सरकारको दायित्व हो र त्यो सरकारले गरिरहेको बताउँदै आफ्नो तर्फबाट गर्न सकिने सहयोग नौगेडीलाई रहने तर यसलाई निरन्तरता दिनुपर्नेमा मन्त्री जोशीले जोड दिनुभयो ।

त्यस्तै, कार्यक्रममा अतिथिको रूपमा आउनुभएकी एरिष्टो बोर्डिङ हाई स्कुलकी संस्थापक प्राचार्य एवं राजनीतिज्ञ शान्ति अधिकारी क्षेत्रीले नौगेडीले यस प्रदेशको मौलिकपन झल्काएकाले यो भविष्य सुन्दर रहेको बताउनुभयो ।

समर्पण मिडिया धनगढी र नौगेडी अनलाइनको उत्पादन एवं बोलन्या थलिको संयोजनमा कार्यक्रम नौगेडी सञ्चालन हुँदै आएको छ ।

सृजनशील मञ्च सुदूरपश्चिमका संयोजक जनक रसिकको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी रहनुभएको थियो भने अन्य अतिथिमा एरिष्टो बोर्डिङ हाई स्कुलकी संस्थापक प्राचार्य एवं राजनीतिज्ञ शान्ति अधिकारी क्षेत्री,दृष्टि फाउन्डेसन कि सञ्चालिका कल्पना भट्ट, नेचुरल ब्युटी पालर्स धनगढी कि सञ्चालिका सपना रोकाया, सुदूरपश्चिम सहकारीमा कार्यरत सबिना पौडेल, गायिका उद्घोषकीका हेमन्ता भट्टराई, स्वास्थ्य बिमा बोर्ड कैलाली संयोजक जयकला रावल, बोलन्या थलिका संयोजक यादव जोशी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

साथै नौगेडीका मुख्य सदस्य, गायक, निर्देशक सुरेन्द्र संगम डोट्याल बड्डाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य नौगेडीका व्यवस्थापक डिल्लीराज ओझाले गर्नुभएको थियो ।