तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

तत्काल ‘भारी वर्षा’ को सम्भावना छैन : मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान महाशाखाले तत्काल भारी वर्षाको सम्भावना नरहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसतभन्दा दक्षिण अर्थात् भारततिर रहेकाले  तत्काल भारी वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

तर आज पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै रहेको  महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ । काठमाडौँ उपत्यकामा शनिबार बिहान घाम लागेको छ ।

आज दिउँसो र राति  देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार राति भने प्रदेश १ को एकाध स्थानमा भारी वर्षाको सम्भावना छ ।