एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल हुनेछ ।  बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ बजेका लागि बोलाइएको छ ।

शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद बैठकका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।