तीजको नाँच हेर्ने गएकी किशोरी बलात्कार आरोपमा ३ जना पक्राउ

तीजको नाँच हेर्ने गएकी किशोरी बलात्कार आरोपमा ३ जना पक्राउ

तीजको नाँच हेर्ने गएकी १७ वर्षीया किशोरीलाई  बलात्कार गरेको आरोपमा  ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ जिल्लाको बंगलाचुली गाउँपालिका-७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् ।

ती किशोरी बुधबार साँझ गाउँमै तीजको नाच हेर्न गई फर्किनेक्रममा जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको  जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।