सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

सेती प्रयोगशालामा भएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि

धनगढी । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिबार १४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  ११४ जनाको नमूना परिक्षण गरिएकोमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ जना अस्पतालमा भर्ना भएका छन् । यस्तै अस्पतालबाट १ जना डिस्चार्ज भएका छन् ।

हाल सेतीमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ८ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भईरहेको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जनाकारी दिए ।