शान्ति पुनर्स्थापना गृह कैलालीद्धारा त्रिनगर नाकाबाट २५३ महिलाको उद्धार

शान्ति पुनर्स्थापना गृह कैलालीद्धारा त्रिनगर नाकाबाट २५३ महिलाको उद्धार

धनगढी । मानव बेचबिखन विरुद्ध कार्यरत सामाजिक संस्था शान्ति पुनर्स्थापना गृह कैलाली शाखाले गत आर्थिक बर्षमा २५३ जना महिला तथा बालबालिकाहरुको उद्धार गरेको छ । सुदूरपश्चिमको मुख्य नाका त्रिनगर नाका हुँदै बेचबिखनको जोखिममा रहेका २५३ महिला तथा बालबालिकाको उद्धार गरेको हो ।

गत आर्थिक बर्ष २०७७–७८ मा विभिन्न प्रलोभनमा परि त्रिनगर नाकाबाट भारत लगायत तेस्रो मुलुक प्रवेश गर्न लागेका करिब २ सय ५३ महिला तथा बालबालिकाहरुलाई उद्धार गरी आफ्न्तसँग पुर्नमिलन गराईको शान्ति पुनर्स्थापना गृह कैलाली शाखाले जनाएको छ ।

गत आर्थिक बर्ष २०७७–७८ मा करिब ५ हजार ८५२ महिला तथा बालिबालिकाहरु सँग सोधपुछ गरिएको कैलाली शाखाकी परामर्शदाता लक्ष्मी चौधरीले जानकारी दिईन् । उनका अनुसार बेचबिखनको जोखिममा परेका विभिन्न जिल्लाका २ सय ५३ जना महिला तथा बालबालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाइएको छ । भने ११ जना विरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्ध मुद्धा चलाईएको थियो ।

शान्ति पुनर्स्थापना गृह कैलाली शाखाले दिएको जानकारी अनुसार कतिपय महिलाहरुलाई धनगढीमै शाखाको सेफ हाउसमा राखिएका छन् । साथैै यो आर्थिक बर्षको साउन महिनामा मात्रै २१ महिलाहरुको उद्धार गरी आफ्न्त सित पुर्नमिलन गराईएको शाखाकी परामर्शदाता चौधरीले बताइन् । यस्तै २ जना विरुद्ध मानव बेचविखन तथा ओसारपसार विरुद्धको मुद्धा दर्ता गरिएको छ ।

महिलाहरु बेचबिखनको जोखिममा पर्नुको प्रमुख कारणहरु शिक्षाको कमि, मोबाईल फोन, इमेल इन्टरनेट, प्रलोभनमा पर्नु, गरिबी र चेतनाको कमि लगायत रहेका छन । वेचबिखन रोक्न महिला तथा बालबालिकाहरुलाई शिक्षित बनाउनु पर्ने र गाउँगाउँमा विभिन्न किसमिका जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नु पर्ने कुरामा परामर्शदाता चौधरीको जोड छ ।

शान्ति पुनर्स्थापना गृहले बेचबिखनमा परेका तथा बेचबिखनको जोखिममा रहेका महिला, बालबालिकाको उद्धार गर्ने, पुनस्र्थापना गर्ने, पुनर्स्थापितहरुलाई सिपमूलक तालिम दिई आत्मनिर्भर बनाउने, परामर्श र उद्धारको काम गर्दै आएको छ ।