विशेष अटोमोटिभ्स प्रालिको अफर : स्कुटर र मोटरसाइकल निःशुल्क सर्भिसिङ्ग

विशेष अटोमोटिभ्स प्रालिको अफर : स्कुटर र मोटरसाइकल निःशुल्क सर्भिसिङ्ग

धनगढी । धनगढीमा कोभिड-१९ विरुद्धको खोप लगाउन नाम दर्ता गरेर दर्ता नम्बर ल्याएर आएमा स्कुटर र मोटरसाइकल सर्भिसिङ्ग निःशुल्क गरिने भएको छ। हिरो मोटरसाइकलको अधिकृत विक्रेता विशेष अटोमोटिभ्स प्रालिले आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम ल्याएको जनाएको छ ।

कुनैपनि व्यक्तिले कोभिड-१९ विरुद्धको खोप लगाउन आफ्नो नाम दर्ता गरेर दर्ता नम्बर लिएर आएमा पहिलो पटकका लागि हिरो कम्पनीका मोटरसाइकल र स्कुटर सर्भिसिङ्ग निशुल्क गरिने प्रालिका सञ्चालक पुष्कर ओझाले बताए। उनले खोप लगाएको कार्ड ल्याएमा २ पटकका लागि निःशुल्क फ्रि सर्भिस कुपन समेत प्रदान गरिने बताए।  उनले जनमानसमा खोप प्रती सकारात्मक सन्देश पुगोस भन्ने समेत यसको उद्देश्य रहेको बताए ।

धनगढी उपमहानगरपालिकालाई शतप्रतिशत खोप लगाउने वातावरण सिर्जना गर्ने अभियान अन्तर्गत यस प्रकारको योजना ल्याएर आफ्नो सामाजिक उत्तरदायित्व निर्वाहमा महत्वपूर्ण भुमिका खेलेको भन्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले व्यवसायी ओझालाई धन्यवाद ब्यक्त गरे ।