एमसीसी उपाध्यक्ष फातिमा सुमार आज फर्कदै

एमसीसी उपाध्यक्ष फातिमा सुमार आज फर्कदै

नेपालको चारदिने भ्रमण सकेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज फकिर्ने भएको छ ।

गत बिहीबार नेपाल आएको एमसीसी टोलीले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो । टोलीले नेपाल सरकारलाई एमसीसी सहयोग चाहिने नचाहिने टुंगो लगाउन आग्रह गरेको छ ।

सरकारले भने राजनीतिक सहमति जुटाएर सम्झौतालाई कार्यान्वयनमा लैजाने आश्वासन दिएको छ । सत्तारुढ दलभित्रै एसीसीबारे तीव्र मतभेद रहेकाले अमेरिकी टोलीको भ्रमण उपलब्धिबिहिन देखिएको छ ।