प्रतिनिधिसभामा एमालेको नाराबाजी

धनगढी खबर    

प्रतिनिधिसभामा एमालेको नाराबाजी

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका छन् । सभामुख अग्नि सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरु आ आफ्नो स्थानबाट उठेर वेल घेराउ गर्न पुगेका थिए ।

उनीहरुले नाराबाजी जारी राखेपछि सभामुख सापकोटाले बैठक अवरोध गरेर अन्य सांसदहरुको अधिकार हनन् नगर्न रुलिङ गरेका छन् । तर, एमाले सांसदहरुले नाराबाजी जारी राखेका छन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको षडन्त्र मुलक संलग्नता देखिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठक अवरोध गर्न आइतबार बसेको संसदीय दलको बैठकमा निर्देशन दिएका थिए ।



आइतबार २७, भदौ २०७८ ०१:४७ मा प्रकाशित

#प्रतिनिधिसभा #नाराबाजी #एमाले

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस