संवादमा आउन एमालेलाई सभामुखको आह्वान, १५ मिनेटका लागि बैठक स्थगित

संवादमा आउन एमालेलाई सभामुखको आह्वान, १५ मिनेटका लागि बैठक स्थगित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सिर्जना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।

सभामुख सापकोटाले आफ्नो अधिकारको पालना गर्दा अरुको अधिकार उल्लंघन गर्न नहुने विश्वव्यापी मान्यता रहेको भन्दै अन्य सांसदहरुको अधिकार संकुचित नगर्न आग्रह गरेका छन् ।

उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।