नेकपा समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे चयन

नेकपा समाजवादी बागमती प्रदेशको संसदीय दलको नेतामा पाण्डे  चयन

नेकपा (एकीकृत समाजवादी) पार्टी बागमती प्रदेशको संसदीय दलको पहिलो बैठकले संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई चयन गरेको छ । 

आइतबार प्रदेशसभा सचिवालयमा आधिकारिक रुपमा निर्वाचन आयोगको दल कायम रहेको पत्र दर्ता भएलगत्तै नेकपा समाजवादीको पहिलो संसदीय बैठक बसेर दलको नेतामा पाण्डेलाई चयन गरेको हो ।  

बागमती प्रदेशसभा सचिवालयमा बसेको उक्त बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ । सो बैठकले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय समेत गरेको छ । 

नेकपा एमालेको विभाजन पछि बागमती प्रदेशसभाका १३ जना सांसदहरुले एमाले त्यगेर नेकपा समाजवादीमा आवद्ध भएका थिए ।  मुख्यमन्त्री शाक्यलाई आफ्नो समर्थन नरहेका भन्दै एमालेलाई जानकारी समेत गराइएको नेकपा समाजवादीका बागमती प्रदेश संसदीय दलका नवनियुक्त नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसले प्रदेशसभामा प्रवेश पाए लगत्तै संसदीय दलको सो निर्णयले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेकी मुख्यमन्त्री शाक्य आधिकारिक रुपमा अल्पमतमा परेकी छिन् ।