सुदूरपश्चिममा रानाथारु भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै धनगढीमा विरोध सभा

धनगढी खबर    

सुदूरपश्चिममा रानाथारु भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै धनगढीमा विरोध सभा

धनगढी । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध धनगढीमा र्‍यालीसहित विरोध सभा गरिएको छ । सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध र्‍यालीसहित विरोध सभा गरिएको हो ।

रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा र्‍यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ । यस प्रदेशको सरकारी कामकाजीको भाषामा रानाथारु भाषालाई पनि समावेश गर्न यहाँका रानाथारु नागरिकले माग गरेका छन ।

हिजो धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल राना थारु समाजको केन्द्रीय समितिले भाषा आयोगले सिफारिस गर्न छुटाएको रानाथारु भाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिन आग्रह गरेका थिए ।

उनीहरूले भाषा आयोगको उक्त प्रतिवेदन प्रति विरोध समेत जनाएका छन । सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्धमा उनीहरुले धनगढीको चौराहादेखि पार्कमोड सम्म र्‍याली निकालेका छन । सुदूरपश्चिम प्रदेशका करिब ३ लाख बढी राना थारु समुदायका नागरिकको बसोबास रहेको छ । 



सोमबार २८, भदौ २०७८ ०१:३९ मा प्रकाशित

#सुदूरपश्चिम #रानाथारु #विरोध सभा

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस