तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान

तालिबानको कब्जापछि पहिलो पटक काबुल पुग्यो अन्तर्राष्ट्रिय उडानको विमान

दक्षिण एसियाली मुलुक अफगानिस्तानमा तालिबानको कब्जापछि सोमबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायिक उडानको विमान अवतरण गरेको छ ।

कतारी सञ्चार माध्यम अल जजिराले पाकिस्तन एयरलाइन्सको व्यवसायिक उडानको विमान काबुल विमानस्थल पुगेको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीले पनि पाकिस्तान एयरलाइन्सको विमान काबुल पुगेको जनाएको छ ।

गत १५ अगस्टमा तालिबानले काबुल कब्जामा लिएपछि ३१ अगस्टसम्म काबुल अन्तर्राष्ट्रिय विमानस्थल अमेरिकी सेनाले नियन्त्रणमा लिएको थियो । अमेरिकी सेना फर्किएपछि विमानस्थल तालिबानको कब्जामा छ ।

विमानस्थल तालिबानको कब्जा गएपछि पहिलो पटक अन्तर्राष्ट्रिय व्यवसायकि उडान भएको हो । सोमबार पाकिस्तानबाट १० जना यात्रु लिएर सो विमान काबुल विमानस्थलमा अवतरण गरेको छ ।