नेपाल टस हारेर पहिला बलिङ गर्दै

धनगढी खबर    

नेपाल टस हारेर पहिला बलिङ गर्दै

आईसीसी क्रिकेट वर्ल्ड कप लिग– २ मा नेपालले अमेरिकासँगको खेलमा टस हारेर पहिला बलिङको निम्तो पाएको छ । ओमानको अल अमिरात मैदानमा अमेरिकाले टस जितेपछि नेपाललाई बलिङको निम्तो दिएको हो ।

सोमबार सुरु भएको यो त्रिकोणीय सिरिजमा अर्को टिम ओमान सहभागी छ । नेपाल र ओमानबीच पहिलो खेल मंगलबार हुनेछ । नेपालले लिग–२ खेल्नुअघि पपुवा न्यूगिनीसँग दुई खेलको ओडीआई सिरिज खेलेको थियो । नेपाल दुबै खेलमा विजयी भएको थियो ।

नेपाली टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरी घाइते भएर प्रतियोगिताबाट बाहिरिएपछि सोमबार अमेरिकासँगको खेलमा पीएनजीसँगै उत्रिएको नेपाली टिम मैदानमा आएको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, विक्रम शोव ।



सोमबार २८, भदौ २०७८ ०४:३१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस