पछिल्लो २४ घन्टामा १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

पछिल्लो २४ घन्टामा १६ हजार ५३९ नमूना परीक्षणमा १४ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा १२ हजार ५३२ नमूनाको पीसीआर र  ४००७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ११ सय ४९ र एन्टिजेनबाट ३३७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप १२ सय ६० जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार कोरोनाबाट थप १६ जनाको मृत्यु भएको छ। आइतबार कोरोनाबाट १३ जनाको मृत्यु भएको थियो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० छ।

पछिल्लो २४ घन्टामा ९१ हजार ८३० जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। यस्तै ४७५ जना आइसीयूमा र १३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।