धनगढी । कैलालीको एक उद्योगमा आगलागी भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ कैलाली गाउँमा रहेको लक्ष्मी रोटो प्याकेजिङ उद्योगमा अगलागी भएको हो ।
कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार प्याकेजिङ मेसिनबाट आगलागी सुरु भएको र अन्यत्र सल्किने सम्भावना कम रहेको छ। उद्योगका सञ्चालक गोविन्द पन्तले आगो नियन्त्रणको प्रयास भइरहेको बताए ।