धनगढीबाट साढे चार लाख मुल्य बराबरका अवैध सामान बरामद

धनगढीबाट साढे चार लाख मुल्य बराबरका अवैध सामान बरामद

धनगढी । कैलाली प्रहरीले साढे चार लाख बढीको भन्सार छलीका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ९ स्थित सडक खण्डमा भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याएका चार लाख ५१ हजार २७५ मुल्य बराबरका सामान बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलाली कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मुल्य बराबरको सामान बरामद गरेको हो ।

बिभिन्न किसिमका सामानहरु बरामद गरी भन्सार ऐन बमोजिम कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाईएको छ ।