गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु, ३ घाइते

गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु, ३ घाइते

बैतडी । बैतडीमा गुडीरहेको बसमाथीबाट खसेको ढुङ्गा लागेर १ जनाको मृत्यु भएको छ । भने ३ जना घाइते भएका छन् ।

गएराती साडे १ बजे खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगतको पाटन नगरपालिका ८ स्थित झौलेक मोडमा महेन्द्रनगरबाट बझाङ गइरहेको सुप २००१ ख ११५६ नं को बसमाथीबाट ढुङ्गा खस्दा बझाङको थलारा गाउँपालिकाका अन्ताजी २० वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको खोडपे प्रहरी चौकीले जनाएको छ ।

घाइते हुनेमा बझाङकै जयपृथ्बी नगरपालिकाका ४० वर्षीय हरी प्रशाद जोसी सोही नगरपालिकाका ३६ वर्षीय नवराज खड्का र बस साहु समेत रहेका धनगढी उपमहानगरपालिका ४ का २८ वर्षीय माधव प्रशाद खड्का रहेका छन् ।

उनिहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको  ईलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज राजेश शाही  जानकारी दिए ।