कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ।

हुलाकी राजमार्गअन्तर्गत जिल्लाको बेलौरी नगरपालिकास्थित कलकत्तामा सु.प.प्र ०१००९ प ५०२८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार स्थानीय २५ वर्षीय सन्तोष चौधरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।