यो साता चीनबाट थप ४४ लाख मात्रा खोप ल्याइदै

यो साता चीनबाट थप ४४ लाख मात्रा खोप ल्याइदै

चीनबाट यही साताभित्र थप ४४ लाख मात्रा भेरोसेल खोप आउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले थप खोप आइपुग्ने जानकारी दिनुभयो । सरकारले चीनसँग खरिद गरेकोमध्ये ४४ लाख मात्रा भेरोसेल खोप आइपुग्ने उहाँले बताउनुभयो ।

सोमबार स्वास्थ्य पत्रकारसँगको कुराकानीमा सचिव पोखरेलले ढिलोमा शुक्रबारसम्म भेरोसेल खोप आइसक्ने जानकारी गराउनुभयो । थप तीन लाख मात्रा खोप नेपाली सेनाका लागि आउने जानकारी उहाँले दिनुभयो । सरकारले पछिल्लो पटक चीन सरकारसँग खरिद गरेको ६० लाख भेरोसेल खोपमध्ये १६ लाख मात्रा आइसकेको छ ।