माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै

धनगढी खबर    

माओवादी स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्दै
फाइल तस्विर

नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक बस्ने भएको छ ।  केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार दिउँसो तीन बजे बैठक बस्ने तय भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले बताए।

बैठकमा सरकारमा जाने मन्त्री, एमसीसी र समसामायिक राजनीतिक विषयमा छलफल  हुने बताएको छ।बैठकमा नियमावली र निर्वाचन निर्देशिकाबारेमा छलफल हुने माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताए।

संसद्मा भइरहेको अवरोधका विषयमा पनि बैठकमा छलफल हुने माओवादीले बताएको छ। 



मङ्गलबार २९, भदौ २०७८ १२:५५ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस