ओमानलाई पछि पार्दै आईसीसी एकदिवसीय वरियतामा नेपाली टिमको सुधार

धनगढी खबर    

ओमानलाई पछि पार्दै आईसीसी एकदिवसीय वरियतामा नेपाली टिमको सुधार

आईसीसी ओडीआई वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । ओमानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा अमेरिकालाई पराजित गरेपछि नेपाल वरीयतामा एक स्थान सुधार गर्दै १५औं स्थानमा उक्लेको छ ।

ओमान भ्रमणअघि नेपाल १६ औं स्थानमा थियो । पपुवा न्युगिनी विरुद्धको दुई खेल समेत जितेको नेपाल ओमानलाई पछि पार्दै १५ औं स्थानमा पुगेको हो ।

यसअघि १५ औं स्थानमा रहेको ओमान १६ औं स्थानमा झरेको  छ । यस्तै नेपालसँग पराजित अमेरिका १९औं स्थानमा झरेको छ ।



मङ्गलबार २९, भदौ २०७८ ०१:३१ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस