एक दिनका लागि बुढीगंगा गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता

धनगढी खबर    

एक दिनका लागि बुढीगंगा गाउँपालिका अध्यक्ष बनिन् १६ वर्षीया सुस्मिता

मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो ।

स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ ।

मंगलबार गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले ऋषिदेवलाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।



मङ्गलबार २९, भदौ २०७८ ०२:०३ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस