नेपालले टस जित्यो, ओमानसँगको खेलमा पहिले ब्याटिङ गर्दै

नेपालले टस जित्यो, ओमानसँगको खेलमा पहिले ब्याटिङ गर्दै

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगको खेलमा टस जितेको छ ।

टस जितेको नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । अहिले सवार ४ मा ओमानको अल अमिरात क्रिकेट मैदानमा यी दुईबीचको खेल सुरु हुनेछ । 

नेपालले आजको खेलमा हिजो अमेरिकासँगको खेलेको टोलीलाई नै निरन्तरता दिएको छ । हिजो अमेरिकालाई हराएको नेपाल आजको खेलमा उच्च मनोबलका साथ प्रस्तुत हुनेछ ।

लिगमा नेपाल पाँच खेलमा ६ अङ्क जोडर छैटौँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १३ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

प्रतियाेगिताअन्तर्गत नेपालले तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।