ओमानलाई पहिलाे ओभरमै सफलता, कुशल भुर्तेल शून्यमै आउट

ओमानलाई पहिलाे ओभरमै सफलता, कुशल भुर्तेल शून्यमै आउट

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानले नेपालसँगकाे खेलमा पहिलाे ओभरमै सफलता हात पारेकाे छ । 

नेपालका कुशल भुर्तेल पहिलाे ओभरकाे दाेस्राे बलमै आउट भएका छन् । ओमानका बिलाल खानकाे बलमा कुशल सुरज कुमारकाे हातबाट क्याच आउट भएका हुन् । 

हिजाे अमेरिकासँगकाे खेलमा ८४ रन बनाएका कुशलले आज राम्राे प्रदर्शन गर्न सकेनन् ।