आशिफ शेखले बनाए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक

आशिफ शेखले बनाए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक

नेपालका मोहोम्मद आशिफ शेखले ओमानविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनको यो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक हो । 

मंगलबार भएको आमानविरुद्धको खेलमा शेखले ६५ बलमा ५२ रन पूरा गर्दै पहिलो अर्धशतक बनाएका हुन् । उनले ५ चौका प्रहार गरे । नेपालले यो समाचार तयार पार्दासम्म २ विकेट गुमाउँदै ८८ रन बनाएको छ ।

सोमबार अमेरिकाविरुद्ध आशिफले २३ रन प्रहार गरेका थिए । नेपालका कुशल भुर्तेल र रोहित पौडेलले पनि अर्धशतक पूरा गरेका थिए । भुर्तेलले ८४ र पौडेलले ६२ रन प्रहार गरेका थिए ।