नेपाल बालसंगठन कैलालीद्धारा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

५७ औँ राष्ट्रिय बाल दिवस

धनगढी खबर    

नेपाल बालसंगठन कैलालीद्धारा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धनगढी । कैलाली बालसंगठनले अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ। ‘सामान्य अवस्था वा कोभिड महामारीः बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवसको अवसरमा अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । 

सुदूरपश्चिम समावेशी आधारभुत विद्यालय गोदावरीका शारीरिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक सामग्री तथा खाजा वितरण गरेको नेपाल बालसंगठन कैलालीका अध्यक्ष चूडामणी भट्टले बताए । 

बालसंगठनले बाल दिवको अवसरमा माध्यमिक तह स्तरीय निबन्ध प्रतियोगिता समेत आयोजना गरेको थियो । निबन्ध प्रतियोगिताका विजेता छात्र छात्राहरुलाई पुरस्कार र प्रमाण पत्र पनि वितरण गरिएको बालसंगठन कैलालीका अध्यक्ष चूडामणी भट्टले जानकारी दिए ।

नेपाल बालसंगठन कैलालीका अध्यक्ष भट्टको सभापतित्वमा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल रहेका थिए भने कार्यक्रमको सञ्चालन संगठनका सचीव हिक्मत रावलले गरेका थिए ।

No description available.No description available.



मङ्गलबार २९, भदौ २०७८ ०६:३९ मा प्रकाशित

नेकपा एमाले भित्रको किचलोमा को बढी दोषी ?

Loading...

प्रतिकृया दिनुहोस