आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

आजदेखि कक्षा १२ को परीक्षा, ३ लाख ७४ हजारभन्दा बढी विद्यार्थी सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आज बुधबारदेखि सुरु गर्दैछ । कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ ।

परीक्षाको लागि अधिकांश विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । यसअघि साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई होम सेन्टर (विद्यार्थीले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने)को व्यवस्था मिलाइएको छ । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।