युरोपेली च्याम्पिन्स लिगमा बार्सिलोना फेरि बायर्नसँग पराजित

युरोपेली च्याम्पिन्स लिगमा बार्सिलोना फेरि बायर्नसँग पराजित

युरोपेली च्याम्पिन्स लिगमा मंगलबार बायर्न म्युनिकले बार्सिलोनालाई ३–० ले पराजित गरेको छ । क्याम्प नुमा भएको खेलमा बायर्नका लागि रोबर्टो लेवनडोस्कीको दुई गोल गरे । अर्को गोल थोमस मुलरले गरे ।

सन् २००३ यता बार्सिलोना पहिलो पल्ट लियोनल मेसीबिना खेलिरहेको थियो । खेलमाथि पूर्णतस् बायर्नको नियन्त्रण थियो । गत वर्ष बायर्नले बार्सिलोनालाई ८–२ ले हराएको थियो । मंगलबार बायर्नले बार्सिलोनाको भन्दा निकै स्तरीय खेल देखाएको थियो ।

मंगलबारका अन्य खेलमा चेल्सी र युभेन्टसले जित हात पार्दा रोनाल्डोप्रेरित म्यानचेस्टर युनाइटेड भने पराजित भयो । चेल्सीले रामेलु लुकाकुको गोलमो जेनिथ सेन्ट पिटर्सबर्गलाई १–० ले हरायो भने युभेन्टसले माल्मोमाथि ३–० को जित रच्यो ।

क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि म्यानचेस्टर भने स्विस क्लब योङ ब्वाइजसँग २–१ ले पराजित रह्यो । यस्तै अन्य खेलमा सेभिया र साल्सबर्गले १–१, डायनामो किभ र बेनफिकाले ०–०, भिल्लारियल र एटलान्टाले २–२ तथा लिले र उल्भ्सबर्गले ०–० ले बराबरी खेले ।